सर्लाहीको बाँके जंगलमा बस दुर्घटनामा बाइस यात्रु घाइते

हिमालय टाइम्स
Read Time = 2 mins

प्रकाश मैनाली

सर्लाही । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके चोकमा आज यात्रु बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्वरको बस बिहान ३ बजेतिर पूर्व-पश्चिम राजमार्गबाट श्रीनगरतर्फ जाने बाँके चोक नजिकै दुर्घटना परेको हो ।

बस अनियन्त्रित भइ सडक छेउमा पल्टिँदा घाइते भएका यात्रुको लालबन्दी र बयलवासमा रहेका विभिन्न अस्पतालमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासले जनाएको छ । घाइतेमध्ये बसका सह-चालक झापाको मेचिनगर नगरपालिका-७, बस्ने २१ वर्षीय प्रदीप पुरीको अवस्था गम्भीर छ । उहाँलाई लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारका लागि झापातर्फ नै रेफर गरिएको छ ।

अन्य घाइतेको अवस्था सामान्य रहेको र उपचार पश्चात धमाधम डिस्चार्ज भइरहेका केशरगञ्जका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो । दुर्घटनापछि बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् । प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण बस दुर्घटनामा परेको देखिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?