आलिया एक वर्ष फिल्मबाट टाढा रहने

Read Time = 1 min

मुम्बई । अभिनेत्री आलिया भट्ट फिल्म क्षेत्रबाट एक वर्ष टाढा रहनुहुने भएको छ । अभिनेता रणवीर कपुर र भट्टले चार वर्षको डेटपछि गत अप्रिल २०२२ मा विवाह गर्नुभएको थियो ।

विवाहको दुई महिनापछि नै आलियाले आफू आमा बन्न लागेको जानकारी दिनुभएको थियो ।
आलियाले सन्तान प्राप्तिपछि झण्डै एक वर्ष चलचित्र क्षेत्रबाट टाढा रहने निर्णय लिनुभएको छ । आलियाले रिलिज हुने तयारीमा रहेकी केही चलचित्रको सुटिङ पूरा गरिसक्नु भएको छ । उहाँ चलचित्रमा सक्रिय नभए पनि केही विज्ञापनमा भने अभिनय गर्नुहुने छ ।

आलिया पछिल्लो पटक चलचित्रम ‘ब्रहृमास्त्र’ मा देखिनुभएको थियो । गत सेप्टेम्बरमा सार्वजनिक भएको यो चलचित्रले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । उहाँ चलचित्र ‘रोकी और रानीकी प्रेम कहानी’ र ‘जीले जरा’ मा पनि देखिँदै हुनुहुन्छ । यसबाहेक उहाँ हलिउड चलचित्र ‘हार्ट अफ स्टोन’ मा अभिनय गर्दै हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?