विवाहको पूर्वसन्ध्यामा अभिनेत्री ठक्करद्वारा आत्महत्या

Read Time = 2 mins

मुम्बई । चर्चित टेलिभिजन अभिनेत्री वैशाली ठक्करले विवाहको पूर्वसन्ध्यामा आत्महत्या गर्नुभएको छ । वैशालीको अक्टोबर २० मा विवाह हँदै थियो । आफ्नो नयाँ जीवन सुरु गर्नुअघि, अभिनेत्रीले आफ्नो जीवन समाप्त गर्नुभयो । विवाहको चार दिनअघि वैशाली ठक्कर मृत्युलाई अँगालेर आफ्ना प्रियजनबाट सदाका लागि टाढा हुनुभएको छ ।

मिडिया रिपोर्टका अनुसार वैशाली मितेशसँग बिहे गर्ने तयारीमा हुनुहुन्थ्यो । उहाँ क्यालिफोर्नियामा बस्ने सफ्टवेयर इन्जिनियर हुनुहुन्छ । वैशालीले सुसाइड नोटमा आफ्ना अभिभावकसँग माफी माग्नुभएको छ । उहाँले अब सहन नसक्ने लेख्नुभएको छ । अभिनेत्रीले आफू असल छोरी बन्न नसकेको लेख्नुभएको छ । वैशालीले सुसाइड नोटको अन्त्यमा आइ क्विट पनि लेख्नुभएको छ । वैशालीको सुसाइड नोटबाट यो कुरा स्पष्ट भएको छ कि राहुल नवलानी नामका व्यक्तिका कारण उहाँ निक्कै दुःखी हुनुहुन्थ्यो ।

वैशालीले टिभीको लोकप्रिय शो ‘ये रिश्ता क्या कहलाता है’बाट आफ्नो अभिनय करियर सुरु गर्नुभएको थियो । उहाँ ससुराल सिमर का मा पनि देखिनुभएको थियो । यस बाहेक वैशालीले सुपर सिस्टर, मनमोहिनी सिजन–२ लगायत धेरै शोमा राम्रो काम गर्नुभएको छ ।
उहाँ सामाजिक सञ्जालमार्फत फ्यानसँग सधैं जोडिनुभएको थियो । नायिकाको बिहेको तयारी भइरहेको थियो । तर, विवाहको केही दिनअघि वैशालीको आत्महत्याले शोकको अवस्था छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?