समानुपातिक सूचीमा ‘सायरा’ निर्माता रघु

Read Time = 2 mins

काठमाडौं । मंसिर ४ मा हुने प्रदेश र संसदीय निर्वाचनमा कलाकारहरू पनि होमिएका छन् । कोही समानुपातिक तथा कोही प्रत्यक्ष चुनावी मैदानमा छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्न चलचित्रकर्मीहरू उत्तिकै मिहिनेती देखिएका छन् । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारहरूको संख्या यसपटक उच्च छ । यी मध्येकै एक हुनुहुन्छ नेपाली चलचित्रका निर्मातासमेत रहनुभएका राजनीतिज्ञ रघु परियार । उहाँ नेपाली जनता दलमार्फत सक्रिय राजनीतिमा हुनुहुन्छ ।

रघु नेपाली जनता दलको तर्फबाट समानुपातिक सूचीमा पर्नुभएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि नेपाली जनता दलले निर्वाचनमा आयोगमा बुझाएको सूचीमा उहाँ प्रतिनिधिसभा सदस्यतर्फ पर्नुभएको हो । अन्तर्राष्ट्रिय सम्पर्क राम्रो भएको र नेपाली राजनीति बुझनुभएका युवा भएकाले उहाँको नाम सिफारिश गरिएको दलले जनाएको छ ।

निर्माता रघुले गत महिना बलिउड निर्माता तथा निर्देशक पुस्कर झासँगको सहकार्यमा ‘सायरा’ निर्माणको घोषणा गर्नुभएको छ । पुस्करसँग उहाँको नेपाली व्यानर डिबीआर मेडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ । चलचित्रलाई बलिउड अभिनेता तथा निर्देशक विशाल देसाईले निर्देशन गर्दै हुनुहुन्छ । अष्ट्रेलियामा ९० प्रतिशत र नेपालमा १० प्रतिशत छायांकन हुने चलचित्रमा आर्यन सिग्देल, सुफीया सिद्दिकी, कविता नेपाली लगायतको अभिनय रहनेछ । रघुले पहिलो चिलचित्र ‘विरांगना’ निर्माण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?