मानवशास्त्री ओम गुरुङको निधन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मानवशास्त्री ओम गुरुङको निधन भएको छ । ७० वर्षे गुरुङको हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिवसमेत रहनुभएका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँ त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो ।

त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गर्नुभएका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहनुभएको थियो । उहाँको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो । गुरुङका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?