बस्चका होम एप्लाइन्स

Read Time = 1 min

काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेकले विश्वप्रसिद्ध युरोपियन ब्राण्ड बस्चका होम एप्लाइन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंमा आइतबार एक कार्यक्रमबीच युरोपियन ब्राण्ड बस्चका वासिङ मेसिन, फ्रिजलगायत होम एप्लाइन्स लञ्च गरेको हो ।

सो अवसरमा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले एक सय ५० बढी देशमा उपस्थिति रहेको विश्वप्रसिद्ध युरोपियन ब्राण्ड नेपालमा भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जले आफूले जन्मदेखि नै घरमा बस्चका घरायसी सामग्री प्रयोग गर्दै हुर्किएको सम्झँदै विश्वमा सफलता हासिल गरेको बस्च नेपालमा पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

बिएसएच हाउसहोल्ड अप्लायन्सका प्रबन्ध निर्देशक निरज बाहालले आफूले केही नेपाली आउटलेटमा ग्राहकको मनस्थिति ब्राण्डमा कुनै सम्झौता नगर्ने खालको रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?