गोदावरी फूल मेला हुने

Read Time = 2 mins

काठमाडौं । रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि भन्ने नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) ले यही कात्तिक ३ गतेदेखि गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ । चार दिनसम्म जावलाखेलको खेलमैदान ललितपुरमा मेला सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मेला संयोजक सिताराम पन्तले फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यसाथ मेला आयोजना गर्न लागिएको बताउनुभएको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।

मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी ५५ स्टल रहने मेला संयोजक पन्तले जानकारी दिनुभयो । तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने फयानका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । नेपाल ९० देखि ९१ प्रतिशत फूलमा आत्मनिर्भर रहेको पनि उहाँको दाबी छ । कोरोनाका कारण फूल उत्पादन घटे पनि हाल १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको उहाँले जानकारी दिनुभयो ।

आयोजकका अनुसार गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिनेछ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्मले उत्पादित गोदावरी फूलको पाँच प्रजातिमा प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा १० मिनियचर, २० स्पाइडर, ३० रिफ्लेक्स, ४० इन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाति छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?