रुसी आक्रमणले युक्रेनी जनतालाई आतंकित बनाएको छ, तर तोड्न सक्दैन : जेलेन्स्की

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमा ड्रोन र मिसाइल आक्रमण गरे पनि युक्रेनीहरूलाई तोड्न नसक्ने बताउनुभएको छ ।

रातभरि र बिहानै ‘शत्रु’ ले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको उहाँले बताउनुभयो ।

रुसले इरानमा बनेको कामिकाजे ड्रोन र मिसाइलले युक्रेनमा आक्रमण गरिरहेको छ । ‘दुस्मनले हाम्रा सहरहरूमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’ जेलेन्स्कीले भन्नुभएको छ ।

राजधानी किभका मेयरले आक्रमणबाट दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गर्नुभएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?