रुसी विमान आवासीय भवनमा खस्यो, दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुघंटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको एउटा भिडियोमा विमान अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ ।

क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले उक्त विमान सुखोई एसयू-३४ सुपरसोनिक मध्यम दूरीको लडाकु बमवर्षक भएको बताए ।

समाचार एजेन्सीहरूले आपत्कालीन अधिकारीहरूलाई उद्धृत गर्दै उक्त दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको बताएका छन् । उनीहरुले पाइलटहरु बाहिर निस्किएको बताएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?