काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र दर्ता गरेर मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै महानगरपालिका राजस्व विभागले ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न अनुरोध गरेको हो ।
दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएको भन्दै महानगरले यस्तो अनुरोध गरेको हो । महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिबानासमेत असुल गर्ने चेतावनी दिइएको छ ।
साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची-७ को बुँदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२/०७३ लाई आधार वर्षका रूपमा लिइ व्यवसाय कर असुली गरिने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच