एथलेटिक्सः सोमलाई कीर्तिमानी स्वर्ण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष चार सय मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

कुमालले निर्धारित दुरी ४७.९५ सेकेण्डमा पूरा गर्दै सन् १९९० मा आशाराम चौधरीले चीनमा सम्पन्न एसियन गेम्समा राखेको ४८.३२ सेकेण्डको कीर्तिमान तोडेका हुन् । एपिएफका आशिष चौधरीले निर्धारित दुरी ४९.४० सेकेण्डमा पूरा गर्दै रजत जित्दा आर्मीकै प्रकाश दनुवारले ४९.९० सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते ।

नवौं राष्ट्रिय खेलकुदमा आर्मीले जितेको यो ६८औं स्वर्ण पदक हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?