काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न क्षेत्रमा अब्बल महिला नेतृहरूलाई चुनावमा उतारेको छ । रवि लामिछाने नेतृत्वको रास्वपाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चिकित्सक, उद्यमी, सामाजिक अभियन्ता, कुशल सञ्चारकर्मी लगायतका महिला नेतृहरूलाई देशका विभिन्न स्थानबाट उम्मेदवार बनाएको हो । पार्टीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेदवार उठाएको छ ।
ललितपुर क्षेत्र नम्बर ३ बाट डाक्टर तोसिमा कार्की रास्वपाबाट उम्मेदवार हुनुभएकाे छ । कार्की चर्चित मेडिकल अभियन्ता समेत हुनुहुन्छ । तोसिमा पाटन अस्पतालमा जनरल सर्जनका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले ‘स्वस्थ नेपाली, सुखी नेपाली’ बनाउने लक्ष्य लिनुभएकाे छि । जनताप्रति इमान्दारिता डाक्टर कार्कीको मुख्य प्रतिबद्धता छ ।
त्यस्तै, सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माया गुरुङ उम्मेदवार हुनुभएकाे छ । उहाँ पर्वतारोही, पर्यटन व्यवसायी, सामाजिक अभियन्ता र समाजसेवीको रुपमा परिचित हुनुहुन्छ । सिन्धुपाल्चोक जिल्लाबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिलाको रुपमा उहाँले आफूलाइ उभ्याउनु भएकाे छ । उहाँले संसारका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने विश्वकै पहिलो महिला टिममा रहेर काम गरेर इतिहास रच्नुभएकाे छ ।
रास्वपाले धादिङ क्षेत्र नम्बर २ बाट चर्चित महिला उद्यमी बसुमाया तामाङलाई उम्मेदवार बनाएको छ । उहाँ देशकै प्रतिष्ठित अचार व्यवसायी समेत हुनुहुन्छ । उहाँले सयौं महिलालाई आत्मनिर्भर बनाउदै उत्पादन गरेको अचार विश्वका धेरै देशमा निर्यात समेत हुने गरेको छ ।
त्यस्तै पार्टीले काठमाडौं क्षेत्र नम्बर २ बाट चर्चित सञ्चारकर्मी सोविता गौतमलाई चुनावमा उतारेको छ । चर्चित अधिवक्ता तथा सञ्चारकर्मी समेत रहनुभएकी उहाँ मतदातामाझ परिचित हुनुहुन्छ । रास्वपाले ओखलढुङ्ला क्षेत्र नम्बर १ बाट सोभा कार्की, सुनसरी क्षेत्र नम्बर १ बाट गोमा तामाङलाई चुनावमा उतारेको छ । उहाँहरु उद्यमी तथा समाजसेवी समेत हुनुहुन्छ ।
पार्टीले चितवन ३ बाट सामाजिक अभियन्ताको परिचय बनाएकी जिता बराल, सिन्धुली १ बाट इन्जिनियर तथा युवा अभियन्ता मेनुका ठकुरी, महोत्तरी १ बाट पर्यटन व्यवसायी तथा समाजसेवी खेमकुमारी भुर्तेललाई टिकट दिएको छ । त्यस्तै सोही पार्टीको तर्फबाट बाग्लुङ २ बाट सामाजिक अभियन्ता तिला खत्री र रामेछाप १ बाट सामाजिक अभियन्ता समिक्षा श्रेष्ठलाई चुनावमा उतारेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका