प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने यी हुन् २६ निर्वाचन क्षेत्र

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार-प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ ।

पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।

दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले निर्वाचन प्रचार-प्रसारमा २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।

तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले जनही २९ लाख रुपैयाँसम्म प्रचार-प्रसारमा खर्च गर्न पाउनेछन् ।

चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म प्रचार-प्रसारमा खर्च गर्न पाउनेछन् ।

पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले भने ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

उम्मेदवारले प्रचार-प्रसारमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउने २६ निर्वाचन क्षेत्रमा ताप्लेजुङ-१, पाँचथर-२, संखुवासभा-१, सोलुखुम्बु-१, खोटाङ-१, दोलखा-१, रामेछाप-१, काभ्रेपलाञ्चोक-१, काभ्रेपलाञ्चोक-२, मकवानपुर-१, मकवानपुर-२, गोरखा-१ र लमजुङ-१ रहेका छन् ।

यस्तै प्रतिनिध सभा निर्वाचन क्षेत्र अर्घाखाँची-१, रोल्पा-१, प्यूठान-१, दाङ-१, बर्दिया-१, बर्दिया-२, सल्यान-१, डोल्पा-१, हुम्ला-१, जाजरकोट-१, बझाङ-१, डोटी-१ र बैतडी-१ का उम्मेदवारले पनि ३३ लाख रुपैयाँ खर्च पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?