-रामचन्द्र रायमाझी
पाल्पा । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । तर, निर्वाचन परिणाम हरहालतमा आफ्नो पक्षमा पार्ने प्रयास संसारभर नै हुन्छ । धेरै मुलुकमा निर्वाचनको बेला थरीथरीका धाँधली हुन्छन् । नेपालमा पनि निर्वाचनका बेला केही कुख्यात धाँधलीहरु हुँदै आएका छन् ।
लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो । जनताका लागि, जनताद्वारा, जनताले शासन गर्ने यस्तो व्यवस्थामा उम्मेदवारी दिने वा आफूलाई मन परेको नेता चुन्न पाउने अधिकार हुन्छ। निर्वाचनमा जित-हार स्वाभाविक प्रक्रिया नै हो तर जित्नका लागि साम, दाम, दण्ड, भेद सबै प्रकारका हतकण्डा अपनाइन्छ ।तर यस्ता कार्य रोक्नकै लागि निर्वाचन आचारसंहिता जारी गरिएको हुन्छ। आचरसंहिता राजनीतिक दल, उम्मेदवारदेखि सर्वसाधारण सबैलाई लागुु हुन्छ । तर धेरैलाई आचरसंहिताका विषयमा जानकारी नै नभएका कारण निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष रभयमुक्त हुन सकिरहेको छैन् । यस पटक पनि मंसिर ४ गते हुुन लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले आचरसंहिता लागु गरेको छ ।
निर्वाचनलाई निष्पक्ष रूपमा सफल बनाउन सुसूचित नागरिकको सहभागिता पनि त्यत्तिकै आवश्यक छ । मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन सबै क्षेत्र र वर्गका नागरिकहरुलाई निर्वाचन आचरसंहिताका विषयमा जानकारी, छलफल र बहस गराउदै आएको छ । गत स्थानीय तहको निर्वाचनमा समेत निष्पक्ष बनाउन महत्वपूूर्ण भूमिका खेलेको विकास केन्द्रले प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पनि पाल्पाका राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, विभिन्न संघ संस्थाका व्यक्ति र पत्रकारहरुलाई छट्टाछट्टुै राखी निर्वाचन आचरसंहिताका विषयमा जानकारी र सुसूचित गराउदै आएको हो । केही दिन अघि राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, विभिन्न संघ संस्थाका व्यक्तिहरुसँग बसेर छलफल तथा अन्तक्रिया गरेको केन्द्रले सोमबार जिल्लाका पत्रकारहरुसँग स्वच्छ, स्वतन्त्र निष्पक्ष, पारदर्शी र विश्वसनिय निर्वाचन, मर्यादित र निष्पक्ष रिपोर्टिङ सम्बन्धी कार्यशाला गोष्ठी गरेको छ ।
पाल्पा विकास केन्द्र, विजय विकास स्रोत केन्द्र नवलपरासीको आयोजना र पत्रकार महासंघ पाल्पाको सहकार्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउने कार्यमा पाल्पा विकास केन्द्रले खेलेको भूमिका महत्वपूूर्ण रहेको बताउनुुभयो । उहाँले निर्वाचन आयोगले जारी गरेको आंचरसंहिताको पालना गर्न, गराउन र नगरेकाहरुलाई खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।प्रजिअ पन्तले स्वच्छ, स्वतन्त्र निष्पक्ष, पारदर्शी र विश्वसनिय ढंगबाट पत्रकारले समाचार सम्प्रेषण गर्नुुपर्नेमा जोड दिनुुभयो । सरकारको चौथो अंग पत्रकार भएकाले निर्वाचनलाई मर्यादित बनाउने दिशामा महत्वपूर्ण भूमिका रहनेमा उहाँले विश्वास व्यक्त गर्नुुभयो ।
प्रजिअ पन्तले जिल्लामा निर्वाचनलाई शान्त र मर्यादित बनाउने कार्यमा आफुहरु सक्रियताका साथ लाग्ने बताउनुुभयो । उहाँले निर्वाचनका लागि आवश्यक तयारी भइरहेको समेत जानकारी गराउनुुभयो । उहाँका अनुसार पाल्पामा १ सय १८ मदानस्थल र २ सय ४६ मतदान केन्द्र रहेका छन् । यहाँ गत निर्वाचनमा भएका १० वटा निर्वाचनस्थल सारिएको प्रजिअ पन्तले बताउनुुभयो । उहाँका अनुुसार जिल्लामा २९ वटा अतिसंवेदनशील मतदानस्थल रहेका छन् । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले निष्पक्ष निर्वाचनका लागि आचरसंहिता पालना र कार्यान्वयनमा वाचडगको रुपमा काम गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुुभयो ‘पत्रकार आफैले पनि आचसंहिताको पालना गर्दै उल्लङ्घन गर्नेहरुलाई खबरदारी गर्ने काममा भूमिका खेलिदिनुुहोस् ।’
पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले निर्वाचनलाई मर्यादिन बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पत्रकारले सधैँ तटस्थ भूमिका प्रदर्शन गर्नुपर्ने र निर्वाचनका बेला अझ त्यसको महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुुभयो ‘पत्रकारले कुनै पार्टीको प्रचार-प्रसार गर्न हुँदैन, पत्रकारमाथि कसैले पनि औँला ठड्याउने अवस्था आउन नदिन सजग हुनुपर्छ । तटस्थ भूमिका प्रदर्शन गर्नेतर्फ सचेत हुनुपर्छ ।’ अध्यक्ष रानाले निर्वाचनका बेला विना दर्ता भएका मिडियाहरुको समेत सक्रियता बढ्ने भएकाले त्यसतर्फ ध्यान पनि आग्रह गर्नुुभयो । दर्ता गरेर मात्र मिडिया चलाउन उहाँले सबै पत्रकारहरुलाई आग्रह गर्नुुभयो । पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले पत्रकार स्वतन्त्र भएकाले कुनै पार्टी र उम्मेदवारको पक्षमा समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । उहाँले पेशालाई मर्यादित बनाउने काम गर्नु पर्ने बताउनुभयाे । कोही कतै आचरसंहिता उल्लङ्घन भएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन समेत अध्यक्ष पोखरेलले पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
विजया विकास स्रोत केन्द्रका संयोजक आदर्श सिक्देलले सुशासन र जनजिवीकाका क्षेत्रमा आफुहरुले काम गर्दै आएको बताउनुभयो । पाल्पा विकास केन्द्रका सल्लाहकार गोपालप्रसाद बस्यालले निर्वाचनमा पत्रकारहरुको भूमिका र आचरसंहिताको विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले आचारसंहिता पालनामा अझै पनि सरोकारवाला गम्भीर हुन नसकेको भन्दै सबैले आचारसंहिता पालना र कार्यान्यन गराउने दिशामा पत्रकारले भूमिका खेलिदिन आग्रह गर्नुभयो । पत्रकार एउटा पक्षको मात्र नभई सबै पक्षको हुनुपर्नेमा बस्यालले जोड दिनुुभयो । केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले पत्रकारहरुले अरुलाई निगरानी गर्दै गर्दा आफु पनि आचारसंहिता भित्र बसेर काम गरेमा मात्र समाजमा पत्रकारको धर्म र मर्म रहने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच