म्याराथन धाविका पुष्पा भण्डारी घाइते, खुट्टामा गरियो प्लास्टर

Read Time = 2 mins

पोखरा। म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार उनी खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन् ।

करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । ‘२० किलोमिटर पार गर्दै थिँए, खुट्टा दुख्यो,’ उनले भनिन्,‘पहिला वास्ता गरिनँ, पछि अरू १० किलोमिटर कुदें ,त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न सकिनँ ।’

उनलाई पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठोभन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पुष्पाले ११३औँ साग गेममा २ घन्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी महिला म्याराथनमा पहिलो रजत पदक जितेकी थिइन् । उनी महिला म्याराथनतर्फ साग अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी हुन् । एपीएफ क्लबमा आवद्व पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी भए पनि खुट्टामा चोट लागेका कारण आफ्नो सपना पूरा नभएको प्रतिक्रिया दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?