-चन्द्रकान्त खनाल
रुपन्देही । रुपन्देहीका क्रियाशिल राजनीतिक दलहरुले निर्वाचन आयोृगले जारी गरेको आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।
चाँदनी नेपालले बुटवलमा आयोजना गरेको कार्यक्रममा रुपन्देहीमा क्रियाशिल सात राजनीतिक दलले ७ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै आचारसंहिता पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, , नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसी, लोसपाका लुम्बिनी प्रदेश प्रवक्ता मोहम्मद इश्लाम, जसपाका लुम्बिनी प्रदेश सहइन्चार्ज नविन सुनार, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम बिक र राप्रपाका केन्द्रीय सदस्य तायनाथ लम्सालले ७ बुँदे साझा प्रतिवद्धतामा हस्ताक्षर गर्नु भएको छ ।
उहाहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो। त्यस्तै मतदाताले आफूले रोजेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्ने हकको संरक्षण र सुनिपिश्चतताप्रति संवेदनशील रहेको भन्दै दलहरुले भनेका दल र उम्मेदवारको घोषणापत्र र एजेण्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने सहज वातावरण तयार गरिने छ ।प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।
दलहरुले आफ्ना विचार मतदातासमक्ष खुल्लारुपमा राख्ने र एक अर्काप्रति सम्मानजनक व्यवहार गरिने भन्दै आपसमा आरोप प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने प्रतिवद्धता जनाउनु भएको छ। त्यस्तै निर्वाचन प्रचारप्रसार, आनमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाहरुलाई सहभागी नगराउने ,भ्रमपूर्ण सूचना प्रवाहलाई निरुत्साहित गरिने पनि दलहरुले प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै एक दलले अर्को दलको कार्यक्रम नबिथोल्ने वा अवरोध नपु¥याउने दलहरुले निर्वाचन आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृतहरु, मतदान अधिकृतहरु र पर्यवेक्षण गर्ने निकायसँग समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने जनाउनु भएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले चुनाब आचारसहिता पालना गर्न आफुहरु प्रतिबद्धरहेको बताउनु भयो । उहाले संञ्चारकर्मिलाई पुर्वाग्रहका साथ निपक्षसमाचार सम्प्रेशण गर्न आग्रह गर्नु भयो ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख समेत रहेका खाडले आफु चुनाब प्रचार प्रसारमा जादा सरकारी सवारी साधान प्रयोग नगर्ने र रुपन्देहीका पालिका प्रमुखलाई पनि प्रयोग नगर्न आग्रह गर्नु भयो । सबैले निर्वाचन आयोृगले जारी गरेको आचारसंहिता पूर्णरुपमा पालना गरौ खाँडले भन्नु भयो। नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पनि आफुहरुले निर्वाचन आयोृगले जारी गरेको आचारसंहिता पूर्णरुपमा पालना गर्ने बताउनु भयो । प्रतिपक्षका भन्दा सरकारीपक्षबाट निर्वाचन आचारसंहिता पालना नहुने बताउनु भयो।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका सूचना अधिकारी टेकराज पन्थीले सबै क्षेत्रबाट आचारसंहिता पालना भए मात्रै निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सकिने भन्दै यसका लागि राजनीतिक दलहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने वताउनु भयो।
मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले सबै राजनितिकदलहरु स्वतन्त्र निस्पक्ष र भयरहित निर्बाचनको पक्षमा लाग्नु पर्ने बताउनु भयो । उहाले राजनिति आस्थाका आधारमा भन्दापनि निस्पक्षक चुनाबको पक्षमा लाग्नु पर्ने बताउनु भयो।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रुपन्देहीमा कार्यरत संञ्चारकर्मिहरुलाई आस्थाका आधारमा समाचार सम्प्रेशण नगरि निस्पक्ष र स्वतन्त्र रुपले लाग्नु पर्ने बताउनु भयो । उहाले चुनाबमात्र सबै चिज नभएकोले मंसिर४पछिपनि यसहि समाजमा बस्नुपर्ने भएको त्यो तरिकाले राजनिधि आस्थाका भन्दापनि निस्पक्ष पत्रकारीता गर्नु सबै संञ्चारकर्मिलाई आग्रह गर्नु भयो।
गैरसरकारी संस्था महासंघका धर्मराज घिमिरेले मिथ्या र भ्रमपूर्ण सूचना प्रवाहलाई रोक्नुपर्ने र आचारसंहिता कडाइपुर्वक पालना गर्नुपर्नेमा जोड दिनु भयो। चाँदनी नेपालका अध्यक्ष भवानीप्रसाद पाण्डेले आचारसंहिता पालनामा प्रतिवद्ध गराउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका