नेपालमा थपिए ४६ कोरोना संक्रमित

Read Time = 1 min

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय १० जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

८३५ जनामा गरिएको पीसीआर परीक्षणमा ४२ जना र ६७५ जनामा गरिएको एन्टीजेन परीक्षणमा चार जनामा संक्रमण देखिएको छ । सो समयवधिमा १७ जना कोरोनामुक्त भएका छन् ।

योसँगै मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७३६ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?