बाँके क्षेत्र नं. ३ को ‘क’ मा नयाँ ट्वीष्ट , एउटै पार्टीका २ जना उम्मेदवार

Read Time = 3 mins

-दीपककुमार शर्मा
बाँके । आगामी मंसीर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नजिकिँदै गर्दा बाँकेको क्षेत्र न ३ को (क) नया ट्विष्ट देखा परेको छ ।

पदेश सभा निर्वाचनका लागि उम्मेदवार बन्नुभएको नेकपा एकीकृत समाजवादी पार्टीका नेता दलबहादुर सुनार माओवादी केन्द्रमा प्रबेश गरेसगै बाँकेको ३ नम्वर क्षेत्र अन्तर्गत क मा माओवादी केन्द्रका २ जना उम्मेदवार एउटै पदका लागी चुनावी मैदानमा उत्रिनुभएको छ ।

यस अघि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल चुनावी मैदानमा हुनुहुन्छ । सुनार माओवादी केन्द्रमा प्रबेश गरेसंगै माओवादी भित्र थप विवाद सृजना भएको छ । माओबादीमा सुनारको प्रबेशसँगै बाँके प्रदेश सभा ३ को क को कम्युनिष्ट राजनीतिले नयाँ मोड लिएको हो । अहिले माओवादी दुई कित्तामा विभाजन भएको छ । अहिले दुवै जनाको उम्मेवारी कायमै रहेको छ ।

लामो समय सम्म नेकपा एमालेमा राजनितिक गरेको सुनार सविधान सभा सदस्य एंव पूर्व राज्यमन्त्री समेत भैसक्नुभएको हो । नेकपा एमालेबाट माधवकुमार नेपालको पार्टीमा जोडिनुभएका सुनार सोमबार नेकपा माओवादी पार्टिमा प्रबेश गर्नुभएको हो । सुनारले प्रतिनिधि सभा क्षेत्र न ३ काँग्रेसको भागमा परेपछि उहाँले प्रदेश सभा क बाट निर्वाचन लड्ने आकाक्षा राख्नुभएको थियो । आपनो पार्टीमा टिकटका लागि सक्रिय भएर टिकटको लबिङमा लाग्नुभएको थियो । तर सो क्षेत्र माओवादीका भागमा परेपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

पार्टीको टिकटमा उम्मेदवार दिएको उम्मेदवारी कायमै रहेको अवस्थामा सोहि पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका नेतालाई पार्टीमा प्रबेश गराउँदा माओवादी समर्थक मात्र होइन गठबन्धनका अन्य निर्वाचनको मैदानमा रहेका नेताहरुमा समेत अन्योलता छाएको छ । यता इन्द्रप्रसाद खरेलले सामाजिक संञ्जालमार्फत आफु गठबन्धनको उम्मेदवार भएको बताउनु भएको छ । एउटै पार्टीका दुई जना नेता एउटै पदका लागि निर्वाचन लड्न लागे पछि अव कसलाई कसरी भोट माग्ने गठबन्धनका कार्यकर्तामाझ अन्यौल कायमै छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका लागी गठबन्धनको तर्फ बाट नेपाली काग्रेसका सह महामन्त्री किशोरसिह राठौर चुनावी मैदानमा रहनु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?