काठमाडौंमा होमनेटको जमघट

Read Time = 2 mins

काठमाडौं । हामी एक आन्दोलन हौं, हामी एक भगिनी हौं, हामी भविष्य हौं भन्ने नाराका साथ होमनेट दक्षिण एसिया (एचएनएसए) ले २२ काठमाडौंमा औपचारिक भेटघाट कार्यक्रम आयोजना गरेको छ । होमनेटले शिखर सम्मेलनको सम्झना र दक्षिण एसियाभर गृह श्रमिकको आन्दोलनलाई समर्थन जनाउन कात्तिक १ देखि ३ गतेसम्म कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रममा कार्यकर्ता, सदस्य संघसंस्था, युनियन, भ्रातृ संगठन, सामूहिक र उद्यमका प्रतिनिधि, एचएनएसएका बोर्ड सदस्यलगायतका उपस्थित रहेको बताइएको छ । होमनेटले आफ्नो २२ औं वार्षिकोत्सवमा कार्यक्रम आयोजना गरिएको जनाएको छ । कार्यक्रममा नेपालसहित दक्षिण एसियाली मुलुक अफगानिस्तान, भुटान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका डेढ सयभन्दा बढी गृह श्रमिकको उपस्थिति रहेको आयोजकले जनाएको छ । होमनेट एसियाभर गृह श्रमिक संगठनहरूको नेटवर्क हो । सो क्षेत्रका जोखिममा रहेका गृह श्रमिकका लागि अग्रणी आवाज उठाउँदै संस्थाले १२ लाखभन्दा बढी कामदारको प्रतिनिधित्व गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?