हुवावेको सिड्स फर फ्युचर्स कार्यक्रम

Read Time = 2 mins

काठमाडौं । हुवावेले नेपालको दोस्रो सिड्स फर फ्युचर्स कार्यक्रम सम्पन्न भएको छ । हुवावेको सामाजिक उत्तरदायित्वअन्तर्गतको सिड्स फर फ्युचर्स कार्यक्रममा सात नेपाली विद्यार्थीले थाइल्याण्ड र सिंगापुर भ्रमणको अवसर पाएका छन् । अगस्ट १८ देखि थाइल्याण्डमा नेपाली विद्यार्थी सहभागी भएका थिए ।

सिड्स फर फ्युचर्सअन्तर्गतकै टेक फर गुड कार्यक्रममा उत्कृष्ट भई सिंगापुर जाने अवसर पाएका हुन् । हुवावेले गत वर्षबाट टेक फर गुड प्रोजेक्ट सुरू गरेको थियो । थाइल्याण्डको कार्यक्रममा १६ देशका एक सय २६ विद्यार्थी सहभागी थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले हुवावेको सिड्स फर फ्युचर्स कार्यक्रमले युवाको क्षमता विकासमा सहयोग पुर्‍याएको बताउनुभयो । उहाँले उत्कृष्ट सात विद्यार्थीले थाइल्याण्डमा सिकेको कुरा अरू विद्यार्थीलाई सिकाउने विश्वास व्यक्त गर्नुभयो । ई-गभर्नेन्स कमिसन नेपालका प्रमुख कार्यकारी अधिकृत दिपेश मिश्रले हुवावेको प्लेटफर्म पाउनु विद्यार्थीका लागि उपलब्धि भएको बताउनुभयो ।

थुप्रै आवेदकमध्ये चारजनाको छनोट समितिले सात विद्यार्थीलाई थाइल्याण्डमा सहभागिताका लागि छनोट गरेको थियो । हुवावेको ‘सिड्स फर द फ्युचर्स’ जसले सात नेपाली विद्यार्थीलाई बैंकक र सिंगापुर पु¥याएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?