दशैँ मनाउन विदेशबाट नेपाली कामदार

Read Time = 3 mins

काठमाडौं । लगभग साढे ३० लाख नेपालीहरू वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर छन् । तीमध्ये एकदमै थोरैमात्र हरेक वर्षको दशैँमा घर आउन सक्छन् । एक त कमजोर आर्थिक अवस्था, त्यसमा पनि कोरोना कहरले धेरै नेपाली घर फर्कन पाएनन् । नेपालीहरूको महान् चाड विजयादशमी तथा दीपावलीको अवसर पारेर कोका-कोला नेपालले त्यस्तै नेपालीलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको छ ।

सम्बन्धउत्सव स्वादसँग क्याम्पेनअन्तर्गत कोका-कोलाले वैदेशिक रोजगारीका क्रममा कुवेत गएका र धेरै लामो समयसम्म परिवारसँग टाढा रहेका १४ जना नेपाली दाजुभाइ, दिदीबहिनीलाई नेपाल ल्याएको थियो । वर्षौँदेखि चाहेर बल्ल–बल्ल पूरा भएको उनीहरूको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको म्याजिकल पलहरूलाई कैद गरेर कोका-कोलाले भिडियो पनि बनाएको छ, जसलाई कोका-कोलाको युट्युब च्यानल र सामाजिक सञ्जालमा हेर्न सकिन्छ ।

यसरी घर फर्कन पाउनेमध्ये एक हुनुहुन्छ, कान्छीमाया तामाङ । उहाँले भन्नुभयो, ‘११ वर्षदेखि म वैदेशिक रोजगारमा छु । हरेक वर्ष विशेषगरी दशैँ र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साहै्र पीडा हुन्थ्यो तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएकी छु र परिवारसँग दशँै–तिहार मनाउन पाएकी छु, मेरो खुशीको सीमा नै छैन । छ वर्षपछि मलाई घर ल्याइदिएकोमा कोका-कोलालाई धेरै-धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ क्याम्पेनबारे कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘कोका-कोला सम्बन्धहरूमा विश्वास गर्छ र खासगरी यस्ता चाडबाडको समयमा सम्बन्ध अझै नजिक बनाएर म्याजिक छर्न चाहन्छ । त्यसैले हाम्रो यस वर्षको दशैँ थिम पनि सम्बन्धउत्सव स्वादसँग राखेका छौं । सोही सन्दर्भमा हामीले विदेशिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहनुभएका नेपालीलाई घर आउने व्यवस्था गरेका छौं । किनभने दशैँको मुख्य आकर्षण भनेको नै आफ्नो नजिकका मान्छेसँग समय बिताउने अवसर हो । चाडपर्वका अवसरमा उहाँहरूलाई आफ्नो परिवारसँग मिलन गराउन पाएकोमा हामीलाई पनि खुशी लागेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?