तीन महिनामा ५.१७ प्रतिशत पुँजीगत खर्च

Read Time = 2 mins

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको छ । सो अवधिमा दुई खर्ब २३ अर्ब रुपैयाँ चालु खर्च गरेको सरकारले दुई खर्ब आठ अर्ब रुपैयाँमात्रै राजस्व संकलन गर्न सकेको छ । पुँजीगत खर्च १९ अर्ब ६८ करोड र वित्तीय व्यवस्थापनमा ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार तीन महिनामा पुँजीगत खर्च ५.१७ प्रतिशत अर्थात् १९ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको हो । प्रदेश र संघीय निर्वाचनका लागि करिब २५ अर्ब रुपैयाँ खर्च भएकाले यस वर्ष चालु खर्च बढेको बताइएको छ । गत वर्षको तीन महिनामा दुई खर्ब ५५ अर्ब रुपैयाँ आम्दानी गर्दा दुई खर्ब ३४ अर्ब रुपैयाँ खर्च गरेको थियो ।

चालुतर्फ एक खर्ब छ अर्ब रुपैयाँ, पुँजीगततर्फ १४ अर्ब आठ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३३ अर्ब ११ करोड रुपैयाँ खर्च भएको थियो । तीन महिनामा गत वर्षभन्दा १८.६५ प्रतिशत कम राजस्व संकलन भएको छ । गत वर्ष असोजमा दुई खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा चालु आवको असोजमा भने त्योभन्दा कम राजस्व संकलन भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?