पालाको बजार घट्दो

हिमालय टाइम्स
Read Time = 2 mins

प्रकाश मैनाली/हिटा
सर्लाही । तिहारको चहलपहल सुरु भएसँगै कुमाले समुदाय पाला बनाउन व्यस्त भएका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले गाउँ-गाउँमा कुमाले समुदाय व्यस्त भएका हुन् । यसरी बनाएको दियो र पाला सर्लाहीको सापताइक हाटबजारमा लागेर व्यापार गर्ने गरेको व्यवसायी बताउँछन् । पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कालिन्चाजस्ता भाँडा माटोबाट बनाउन व्यस्त छन् ।
यसरी बनाइएको माटाको भाँडा बयलवास, लालबन्दी, नवलपुर, हरिपुर, हरिवन, ब्रहथवा, मलंगवाजस्ता जिल्लाको ठूलो बजार तथा स्थानीयस्तरमा लाग्ने सानो बजारमा समेत व्यापार हुने गरेको छ ।

पछिल्लो समय बजारमा आउने गरेको विद्युतीय बत्तीले गर्दा माटोका सामग्रीको बजार केही घटेको कुमाले बताउँछन् । तिहारका लागि अधिक माग हुने दियो र पालाको माग अत्यधिक आइरहेको स्थानीयले बताए । अम्बरा, धुपौरो, गमला, सुराई, कालिन्चा, खुत्रुकेलगायतका सामानको माग पनि बढेको उनीहरूको भनाइ छ । पछिल्लो समय नयाँ पिडीले यो पेशा नअँगाल्दा परम्परा नै हराउने चिन्तामा कुमाले समुदाय परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?