वंशी दाहाल सशस्त्र प्रहरीको एआइजीमा बढुवा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सशस्त्र प्रहरी बलको एआइजीमा वंशी दाहाल बढुवा हुनुभएको छ । मन्त्रिपरिषद्को २८ असोजको बैठकले डिआइजी दाहाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

त्यसअघि ६ असोजमा बसेको बढुवा समितिको बैठकले उहाँको बढुवा सिफारिस गरेको थियो ।

सरकारले दाहालको बढुवाकै लागि भनेर सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको थियो । सशस्त्रमा सीमा सुरक्षा विभाग स्थापना गरी एआइजीको दरबन्दी थपिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?