खानेपानीका इन्जिनियरसहित दुई जना २८ लाख घुससहित पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन नं.४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो ।

घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन् ।

उनीहरुलाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?