फुटपाथ व्यवसायी भन्छन्ः मेयर बालेन साह ठिक लागेन

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तीकारी ट्रेड युनियन महासंघले मजदुरको हकहीतका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मजदुरको हकहीतका लागि २२ बुँदे माग राखि सम्बधित निकायहरुको ध्यानाकर्षण गराएको हो । महासंघले श्रम ऐनको धारा १०२ मा उल्लेखित सिण्डकेट प्रणाली खारेज गरी सर्वपक्षिय श्रमीकको प्रतिनिधित्व सुनिश्चित गर्न, श्रमीक, मजदुर बिरोधी ठेकेदारी, ज्यालादारी र करार प्रथाको अन्त्य गर्न लगायतका २२ वटा माग पूरा गर्न सम्बन्धित सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापाले फुटपाथहरुलाई अमानवीय ढंगले दमन गर्दासमेत ठूला भनिएका दल र सरकार मौन बस्नु मजदुरप्रतिको अवहेलना भएको बताउनु भयो । उहाँले अहिलेका ठूला राजनीतिक दलहरु थोत्रा प्रतिवद्धता लिएर जनतामाझ गइरहेको भन्दै जनताले आफ्ना माग पूरा नगरुन्जेल भोट दिनु नहुने बताउनु भयो । उहाँले मजदुरलाई उचित व्यवस्थापन नभएसम्म नेताहरुलाई भोट नदिन आग्रह गर्नुभयो । उहाँले ठेलागाडा खोसेर महिला रोइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पाश्चात्य संगीतमा परिवारसँग रमाइरहनु दुःखद् कुरा भएको बताउनु भयो । उहाँले नेपालको संविधानमा नो भोटिङ राइट्सको व्यवस्था भएपनि अहिलेका शासक वर्गले त्यसलाई जनतामाझ लैजन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि शहरका ठेला मजदुरहरु, फुटपाथहरुलाई अमानवीय ढंगले निर्मम दमन गरेर बिस्थापित गरिँदा पनि ती दलहरु मौन छन् । तिनलाई चुनावको सरगर्मी लागेको छ । चुनावको हावा लागेको छ । उनीहरु थोत्रा कमिटमेण्ट गरेर गएका छन् । उधारो प्रतिवद्धता लिएर गएका छन् । जबसम्म यो २२ बुँदालाई अक्षरशः परिपालना गर्दैन । हामीले ८ घण्टे ड्यूटी कार्यावधिलाई घटाउ, मजदुरका छोराछोरीलाई निःशुल्क शिक्षा देउ, ७० प्रतिशत शुल्कलाई पुनःविचार गर भन्यौँ, मजदुरलाई आवासको व्यवस्थापन गर भन्दापनि छलछाम भएको छ । छलछाम र मनोरञ्जन जस्तो गरेर अहिले एउटा साइरन बजाएर एउटा महिला गाडामा बसेर रोइरहँदा पाश्चात्य संगीतमा बसेर आफ्ना घरपरिवार लिएर नाच्ने बालेन साहजस्ता प्रवृत्तिहरु यतिखेर अन्त्य हुन जरुरी छ । हामीले ज्ञापनपत्र प्रधानमन्त्री सभामुख, तत्कालीन श्रममन्त्रीलाई बुझाएका थियौँ । तर उनीहरुले सुनेनन् । अब संघर्षबाट नै सुन्नेछन् । नो भोटिङ राइटको व्यवस्था छ तर तत्कालीन शासकले त्यसलाई ल्याएको छैन ।’

कार्यक्रममा फुटपाथ व्यवसायी विमला चौलागाईंले बिहान कमाएर बेलुका खानेलाई धेरै समस्या हुनेहरुको उचित व्यवस्थापन नगरी व्यवसाय नै खोस्नु उचित नभएको बताउनु भयो । उहाँले अरुको रोजीरोटी खोसेर महानगरको समस्या समाधान नहुने भन्दै मेयर साह मजदुरका लागि सही पात्र नभएको बताउनु भयो । त्यस्तै अर्की फुटपाथ व्यापारी सुनिता कार्कीले मेयर साहले फुटपाथमा व्यापार गर्नेहरुलाई विचल्ली पारिदिएको बताउनु भयो । उहाँले महानगरले फुटपाथ व्यवसायीको उचित व्यवस्थापन वा बेच्न दिने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभयो । त्यस्तै फुटपाथ व्यवसायी सर्मिला तामाङले आफूजस्ता मजदुरका लागि गरिखाने एउटै साधन भएका ठेलागाडा भएकाले मजदुरको सही व्यवस्थापन नभइ महानगरले ज्यादती गर्न नहुने बताउनु भयो ।

महासंघले भने दैनिक ज्याला प्रणाली खारेज गरी घण्टा अवधिको १५० रुपैयाँ र श्रमीकको न्युनतम मासिक तलव ३० हजार रुपैयाँ कायम गर्न माग गरेको छ । त्यस्तै ८ घण्टा कार्यावधि घटाइ ५ घण्टा बनाउन, श्रमीकको लागि सहुलियत कार्डको व्यवस्था गर्न, औद्योगिक सुरक्षालगायत श्रमीकबिरोधी विधेयकहरु खारेज गर्न, उद्योग, कलकारखाना, प्रतिष्ठानमा हुने उत्पीडन र ज्यादतीको अन्त्य गर्न, फुटपाथ, सडक तथा स्वरोजगार मजदुरलाई न्यायोचित व्यवस्थापन गर्न लगायतका २२ वटा माग राखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?