सप्तरीका २ सय ८ मतदान स्थल अति संवेदनशील र ८३ संवेदनशील

Read Time = 4 mins

राजविराज । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी सप्तरीमा २ सय ९५ मतदान स्थल मध्ये २ सय ८ मतदान स्थललाई अति संवेदनशील, ८३ संवेदनशील र ४ लाई समान्य ठहर गर्दै सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउन तयारी गरिएको छ ।

नेपाली सेना सहितको जिल्ला सुरक्षा समन्वय समितिले विभिन्न सूचना स्थलगत सुरक्षा अध्ययन र विश्लेषण पछि २ सय ८ मतदान स्थललाई अति संवेदनशील, ८३ संवेदनशील र ४ लाई समान्य ठहर गर्दै सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउन तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र अनुसन्धान विभागका अधिकारी सहितको बैठकले जिल्लाको सुरक्षा विश्लेषण पछि मतदान स्थललाई तीन तहमा विभाजन गरिएको छ ।

सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेका अनुसार अतिसंवेदनशील मानिएका अधिकांश मतदान स्थल भारतीय सीमा नजिक पर्ने पालिकाहरू छन् । वहाँले सबै मतदान स्थलमा आवश्यक सुरक्षा प्रबन्ध मतदाताले सोचे भन्दा अब्बल रहने गरी सुरक्षा रणनीति तयार पारिएको जानकारी दिनुभएको छ ।

उहाँले स्थानीय प्रशासन, निर्वाचन कार्यालय र सुरक्षा निकायका अधिकारी सम्मिलित टोलीले सबै मतदान स्थलको भ्रमण र सुरक्षा चुनौती विश्लेषण पछि सोही अनुसारको वर्गीकरण र सुरक्षा योजना तयार पारेको भन्दै मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरणका लागी कुनै कसर बाँकी न राखिने दाबी समेत गर्नु भएको छ ।

निर्वाचन सुरक्षाका लागी ३ हजार २ सय ७८ म्यादी प्रहरी र १ हजार ६ सय २० नेपाल प्रहरी परिचालन हुने उनले जानकारी दिनुभएको छ । यस बाहेक सेना र सशस्त्र प्रहरी समेत निर्धारण गरिएको घेरा भित्र रहेर सुरक्षा प्रबन्धमा योगदान दिने उहाँको भनाई छ ।

सुरक्षामा कुनै कमजोरी नहुने दाबी गर्दे उहाँले जिल्लाको विकट मानिएका क्षेत्र सहित नगरका चोक चोकमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागी समेत सुरक्षाकर्मी परिचालन हुने बताउनु भयो ।

जिल्लामा ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा सदस्य पदका लागी हुने निर्वाचनमा प्रतिनिधि सभा तर्फ ६९ र प्रदेश सभा तर्फ १ सय ७ गरी १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाता ४ लाख १८ हजार ३ सय ७४ छन् । जस मध्ये क्षेत्र नं. १ मा सबैभन्दा बढी १ लाख १३ हजार १ सय ९५ छन् । सबै भन्दा कम क्षेत्र नं. २ मा ९५ हजार ३ सय ९४ मतदाता छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?