बाजुराका ग्रामीण सडक अझै खुलेनन्, दैनिकीमा समस्या

Read Time = 3 mins

-मानबहादुर बिश्वकर्मा
बाजुरा । बाजुराका सबै सडक बर्षातका कारणले अबरोध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बाजुराका मुख्य राजमार्ग साँफे मार्तडी सडक खण्ड, मार्तडी कोल्टी सडक खण्ड र कर्णाली करिडोर अवरोध रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले बताउनुभएको छ ।

बाजुराका मुख्य तीन राजमार्गसँगै ९ वटा स्थानीय तहका दर्जन बढी सडक बर्षातले छेतबिच्छेद भएर सडक अबरोध भएका छन् । साँफे मार्तडी र मार्तडी कोल्टी सडक खुलाउने काम भइरहेको छ । कर्णाली करिडोर सञ्चालनका लागि पनि पत्रचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताउनुभयो ।

सडक अवरोध हुँदा विरामीलाई जिल्ला बाहिर लिन कठिनाई

सडक अबरोध हुँदा दैनिक उपभोग्य सामानको अभाबसँगै बिरामीलाई समस्या भएको छ । जिल्लाबाट बाहिर रेफर गरेका बिरामीलाई उपचारमा जिल्ला बाहिर जान निकै समस्या भएको स्थानीयले बताउँदै आइरहेका छन् । पाँच बर्षदेखि बर्षाका चार पाँच महिना बन्द हुँदै आएको बल्दे अमकोट सडकको समस्याले धेरै बिरामीले समयमा उपचार नपाएर समस्या भोग्दै आएका छन् भने कतिपयले समयमा अस्पताल नपुग्दै ज्यान गुमाउनु परेको छ । जिल्ला सदरमुकाम जोड्ने एक मात्र राजमार्ग साँफे मार्तडी सडक खण्डको बल्दे अमकोट सडक पाँच महिनादेखि नखुल्दा बाजुरा जिल्लाका बिरामी समस्यामा परेका हुँन् ।

१७ सय पर्ने ग्याँसको मूल्य २४ सय

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले असारको पहिलो साताबाट सडक अबरुद्ध हुँदा नागरिकले अत्यन्तै दुख पाएको बताउनुभएको छ ।

सदरमुकाम जोड्ने एक मात्र राजमार्ग त्यहि हो करिव डेढ दुई किलो मिटर सडक खण्डमा ठुलो पहिरो गएकोले तत्काल खुलाउन सक्ने अवस्था रहेन । बर्षात पनि अहिलेसम्म नरोकिएकोले सडक खुलाउन समस्या भएको उहाँले बताउनुभयो ।

सडक सञ्चालन हुँदा १७ सय पर्ने खाना पकाउने ग्यासको मुल्य २४ सय पुगेको छ । उपभोक्ताको माग बढी भयो भरियाद्धार उपभोक्ताको माग धन्न नसक्दा ग्यास लगायत दैनीक उपभोग्य सामाग्रीको अभाब भएको छ । त्यसै गरि १ सय रुपैयाँमा पाइने खाने तेलको मूल्य १ सय १५ रुपैयाँ बढीमा पर्ने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?