बझाङमा जीप दुर्घटना, ६ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बझाङ । बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको बझाङका डीएसपी जागेश्वर भण्डारीले बताउनु भयो । प्रहरीका अनुसार अहिले उद्धारकार्य जारी छ ।

स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप भीरबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरूको उद्धार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?