सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे निम्लुङमा जुकाको औषधी सर्कँदा तीन वर्षका एक बालकको ज्यान गएको छ । सुप्पा लामाको छोरा तीन वर्षका सम्शेर लामाको औषधी सर्कँदा ज्यान गएको स्थानीय विष्णुलाल दोङले बताउनु भयो ।
स्थानीय स्वयंसेविका सँगलमु लामा र सँगलमु स्याङ्बोले स्वास्थ्य चौकी बैकुण्ठेबाट भिटामिन र जुकाको औषधी ल्याई बच्चालाई खुवाउने क्रममा सर्किएको हो । बालकलाई औषधी सर्कन गई फिज काट्न थालेपछि उपचारको लागि एम्बुलेन्समा राखी प्राथमिक स्वास्थ्य केन्द्र साङ्बोटेतर्फ लगिएको थियो ।
बिहान ११ : ५६ को समयमा स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जीव खड्काले बालकको मृत्यु भई सकेको बताउनु भयो । मृतक बालकको शव पोस्टमार्टमको लागि चौतारा अस्पतालमा राखिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका