गुडिरहेको भ्यानबाट खसेर एक बालकको मृत्यु

Read Time = 1 min

काठमाडौं । महोत्तरीमा गुडिरहेको भ्यानबाट खसेर एक बालकको ज्यान गएको छ । बर्दिबास नगरपालिका–८, सानो किसानमा बुधबार गुडिरहेको भ्यानबाट खसेर स्थानीय सात वर्षीय पृथ्वी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना३च ५७५३ नम्बरको भ्यानबाट खसेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा निधन भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?