सिक्किममा सत्यमोहनको स्मृतिमा पुस्तकालय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भारतको सिक्किममा शोकसभा गरिएको छ । सिक्किम नेवाः गुथि तथा नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालयले संयुक्तरूपमा कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा सिक्किम नेवाः गुथिका पूर्व अध्यक्ष दिलुकुमार प्रधानले जोशीसँगको भेटवार्ताको अनुभव र उहाँको जीवनीबारे चर्चा गर्नुभयो । उहाँले सिक्किममा ‘सत्यमोहन जोशी स्मृति पुस्तकालय’ स्थापना गर्ने घोषणासमेत गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठले शताब्दी पुरुष जोशीको जीवनी र कृतिबारे चर्चा गर्दै जोशीका प्रकाशित कृति अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्राचार्य विकास प्रधानले जोशीबाट लिइएको ज्ञानको स्मरण गर्दै आफ्नो मातृभाषा र संस्कृति संरक्षण, सम्बद्र्धन र विकास गर्ने प्रेरणा पाएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?