गाईघाट मालपोतमा मेगा बैंकको सेवा

Read Time = 1 min

काठमाडौं । मेगा बैंकले उदयपुरको गाईघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । त्रियुगा नगरपालिका–१० बोक्सेस्थित मालपोत कार्यालयमा बुधबार बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।

अब मालपोत कार्यालयका सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत् नै हुने भएकाले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने विश्वास बैंकले लिएको छ । मेगा बैंकका हाल देशभर दुई सय आठ शाखा र २६ एक्सटेन्सन काउन्टर रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?