काठमाडौं । सुरक्षित प्याराग्लाइडिङ उडानका लागि उच्चस्तरीय छानबिन समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले क्यानका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा बुधबार समिति गठन गरेको हो ।
समितिमा नेपाल हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, चिकित्सा क्षेत्रबाट समेत प्रतिनिधित्व गराएर अध्ययन गरिने क्यानले जनाएको छ । समितिले आवश्यक ठानेका क्षेत्रबाट प्रतिनिधि थप गरी अध्ययन गर्न सक्ने बताइएको छ भने समितिलाई यथाशीघ्र प्रतिवेदन दिने गरी कार्यादेश दिइएको छ । समितिलाई हालसम्म प्याराग्लाइडिङमा भइरहेका अभ्यास अध्ययन गरी सोको उडान थप व्यवस्थित तथा सुरक्षित बनाउन अपनाउनुपर्ने उपायबारे सुझाव दिने जिम्मेवारी दिइएको छ ।
आइतबार पोखरामा राष्ट्रिय खेलकुदका क्रममा नेपाली सेनाका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्युु भएसँगै क्यानले प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध छानबिन समितिको प्रतिवेदन नआएसम्म जारी रहने क्यानले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत २६ वर्षीय निशिम थापा सराङकोटबाट टेक अप गरेर ५०/६० मिटर माथि पुगेपछि ग्लाइड फनफनी घुम्यो र जमिनतिर खस्दै बजारिन पुग्यो । ग्लाइडको एउटा भागलाई हावाले खुम्च्याइदियो । नेपालमा सन् १९९६ मा पोखरामा सनराइज प्याराग्लाइडिङबाट व्यावसायिक उडान सुरु भएको हो । त्यसयता भएका दुर्घटनामा १७ जनाले ज्यान गुमाएको क्यानको तथ्यांक छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका