बझाङ जिप दुर्घटनाका मृतक सबैको सनाखत

हिमालय टाइम्स
Read Time = 2 mins

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ ।

बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका-२ खेतकोट जाँदै गरेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो ।

सु प प्र ०१-००१ च ११७ नम्बरको जिप तुफानडाँडामा दुर्घटनामा परेको थियो । दुर्घटनामा मष्टा गाउँपालिका-२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी कठायत र उहाँकी ७ महिनाकी छोरी दीक्षिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यस्तै कञ्चनपुर शुक्लाफाटा नगरपालिका ७ का झरेन्द्र बोहरा, सोही नगरपालिका २ बस्ने ३८ वर्षका वीरेन्द्र अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको छ । जिप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो ।

दुर्घटनामा घाइते भएका १६ जनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?