हातहतियार बुझाउन जुम्ला प्रशासनको आग्रह

Read Time = 2 mins

-विजय रावत

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले इजाजतप्राप्त हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ । आसन्न मंसिर ४ गतेहुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिनुभयो ।

प्रशासनले एक सर्वजनिक सूचना जारी गरी इजाजतप्राप्त हातहतियार,बन्दुक, पेस्तोल,नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको हो । आगामी मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि सो हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जारी सूचना अनुसार कार्तिक ५ गते भित्र आफुलाई पायक पर्ने नजिकको प्रहरी ईकाइमा आफूसँग भएका हातहतियार बुझाउन अनुरोध गरिएको हो । तोकिएको समयभित्र हातहतियार नबुझाए कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?