प्रधानमन्त्री देउवा पोखरामा, नवौं खेलकुद प्रतियोगिता समापन गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुग्नुभएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुग्नुभएको हो ।

पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए ।

अहिलेसम्म नेपाल आर्मी सर्वाधिक स्वर्ण जितेर पहिलो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?