रुसले गाभेको युक्रेनी क्षेत्रमा ‘मार्सल ल’

Read Time = 1 min

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा ‘गाभिएका’ युक्रेनका चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ । रुसले दोनेत्स्क, लुहान्स्क, जापोरिझ्या र खेर्सोन क्षेत्रमा मार्सल ल लागू गरेको हो ।

बुधबार घोषणा गरिएको पुटिनको आदेशले रुसी सीमा क्षेत्रका अधिकारीहरूलाई थप शक्ति दिएको छ । ‘हामी रुसको सुरक्षा सुनिश्चित गर्न र भविष्यको रक्षा गर्न धेरै जटिल ठूला कार्यहरू गरिरहेका छौँ’, पुटिनले भन्नुभयो ।

यो आदेशले त्यस क्षेत्रहरूबाट र भित्र आवागमन सीमित गर्न तथा त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न अनुमति दिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?