‘नाई नभन्नु ल-६’को छायांकन शुभारम्भ

Read Time = 2 mins

काठमाडौं । यसअघि पाँचवटै सिरिज सफल रहेको चलचित्र ‘नाई नभन्नु ल-६’को छायांकन सुरु भएको छ । काठमाडौंको एक विद्यालयमा कलाकार अनुभव रेग्मीको दृश्य खिच्दै यो चलचित्रको छायांकन शुभारम्भ गरिएको हो ।

विकासराज आचार्यको निर्देशन रहने चलचित्रको छायांकन तिहारअघि तीन दिन रहनेछ । बाँकी छायांकन तिहारपछि हुने निर्माण नियन्त्रक उत्तम केसीले जानकारी गराउनुभयो ।

चलचित्रमा नायिका आँचल शर्मा मुख्य भूमिकामा हुनुहुन्छ भने उहाँको जोडीका रूपमा नव अभिनेता आर्शिवाद क्षेत्रीले अभिनय गर्दै हुनुहुन्छ । ‘नाई नभन्नु ल ६’बाट अभिनेता निखित उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलका छोरा अथर्व लुइँटेल उप्रेतीले डेब्यू गर्दै हुनुहुन्छ ।

चलचित्रमा अथर्व नव-अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिँदै हुनुहुन्छ । ‘नाई नभन्नू ल’ को दोस्रो सिरिजदेखि अनुभव रेग्मी बाल कलाकारको रूपमा देखिँदै आउनुभएको थियो । कथा नखुलाइए पनि यो चलचित्रमा बालकथासँगै तन्नेरीको प्रेमकथा समेत समावेश रहने बुझिएको छ । चलचित्रमा अथर्वसहित योगिशा खत्रीलगायत बाल कलाकारको पनि अभिनय रहने बताइएको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्दै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?