‘महापुरुष’मा एक्लोपनको कथा उठन गरेका छौ’ : निर्देशक भट्टराई

Read Time = 3 mins

काठमाडौं । नेपाली चलचित्रमा प्रदीप भट्टराई सफल निर्देशक मध्येका एक हुनुहुन्छ । टेलिचलचित्र हुँदै चलचित्र ‘जात्रा’बाट ठूलो पर्दामा आउनुभएका उहाँले सफलतामा हृयाट्रिक गर्नुभएको छ । उहाँले ‘जात्रा, ‘शत्रु गते’, ‘जात्रै जात्रा’ जस्ता चलचित्र निर्देशन गर्नुभएको हो ।

उहाँको निर्देशन रहेको चौथो चलचित्र ‘महापुरुष’ सिनेमाघरमा आउँदै छ । दुई पुस्ताको प्रेम देखाएको यो चलचित्रमा उहाँले एक्लोपनको कथा भन्नुभएको छ । लेखक र निर्देशकको दायित्वमा रहनुभएका भट्टराईले यसपटक अझैँ परिपक्कता चलचित्रमा देखिने बताउनुहुन्छ । समाजमा विधमान गम्भीर विषयलाई सरलप्रस्तुतिमार्फत तोड्ने आट आफूसहित टिमले गरेको उहाँको दबी छ ।

‘महापुरुष’मा एक्लोपनको कथा उठन गरेको बताउँदै प्रदीप भन्नुहुन्छ, ‘हामीले हाम्रो आखाँबाट अभिभावकलाई हेर्छौ । तर, उनीहरूको आँखाबाट संसार हेर्ने, इच्छा बुझ्ने काम कहिले गरेनौँ । त्यहीँ झक्झकाउने गरी गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरेका छौँ ।’

चलचित्रमा मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँगै गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायत कलाकारको अभिनय छ । यहीँ चलचित्रमार्फत अरुण क्षेत्री र अञ्जना बराइली डेब्यु गर्दै हुनुहुन्छ । षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुनुहुन्छ भने निर्माता दिपेश खत्री रहनुभएको छ । षट्कोण आर्ट्सले यसअघि ‘टलकजङ भर्सेस टुल्के’, ‘जात्रा’ र ‘जात्रै जात्रा’ चलचित्र निर्माण गरेको छ ।

चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन, कपिल पराजुलीको कलर करेक्सन, साउण्ड मिक्सिङ अमित श्रेष्ठ, पाश्र्व ध्वनिमा रोहित शाक्य/शैलेश श्रेष्ठ र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहनुभएको छ । चलचित्र कात्तिक ११ देखि देशभरका सिनेमाघरमा आउँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?