मेगाको घरजग्गा रोक्का फुकुवा सेवा

Read Time = 1 min

काठमाडौं । मेगा बैंकले घरजग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहजरूपमा उपलब्ध गराउने उद्देश्यले भू-सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू-सेवा केन्द्र सञ्चालन अनुमति लिई घरजग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्यको सुरुवात गरेको हो ।

सो सम्बन्धमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र विभागका महानिर्देशक पिताम्बर घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । भू–सेवा केन्द्र सञ्चालनसँगै घरजग्गा रोक्का तथा फुकुवा गर्न बैंकका प्रतिनिधि, जग्गाधनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयमा उपस्थित नभई बैंककै भू-सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्र अनलाइनमार्फत् पेश गरे पुग्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?