काठमाडौं । नबिल बैंकले नबिल फोन लोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रोडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोन लोनको सीमा एक लाख रहेकोमा बढाएर दुई लाख पुर्याइएको छ । नबिल बैंक फोन लोन अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो । अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्युआर मर्चेन्ट पनि फोन लोनका लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाले मात्र यस्तो लोन सुविधा पाइरहेका थिए ।
त्यसैगरी बैंकले फोन लोन अफर पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोन लोनको आइकन देख्नेछन् । बैंकले ग्राहकको सुविधाका लागि ‘वाइ नाउ पे लेटर’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधासमेत उपलब्ध हुने जनाएको छ । बैंकका अनुसार ग्राहकले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्युआर कोड स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘वाइ नाउ पे लेटर’ को विकल्प रोज्न सक्छन् ।
नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत (डनिल)ले भन्नुभयो, ‘हालैका दिनमा हाम्रो जोखिम बहन क्षमता बढ्दै गए पनि हामीले धितोमा आधारित लोनबाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिटमा सर्न आवश्यक छ । यही उद्देश्य प्राप्तिमा फोन लोनको स्वचालित क्रेडिट अण्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका