एनएमबीलाई १० करोड वैदेशिक ऋण

Read Time = 2 mins

काठमाडौं । युएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डिएफसी)ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाको वित्तीय आवश्यकता पूरा गर्न एनएमबी बैंकलाई १० करोड अमेरिकी डलर वैदेशिक ऋण स्वीकृत गरेको छ ।

डिएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौती समाधान लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो ।

एनएमबी बैंक र डिएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलतामार्फत् आत्मनिर्भरताका लागि महिलालाई प्राथमिकतामा राखेर नयाँ अवसर सिर्जना गर्न बैंकले मद्दत गर्ने एनएमबी बैंकले जनाएको छ । एनएमबी बैंक उत्पादनशील र प्राथमिकता क्षेत्रमा अन्तर्राष्ट्रिय ऋण लगानी भित्र्याउने नेपालको पहिलो बैंक हो ।

हालको बैंकिङ तरलता समस्यामा देशमा भित्रिने बाहृय वित्तीय स्रोतले देशकै आवश्यकताअनुरूप उत्पादनमूलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउने बैंकले विश्वास लिएको छ । बैंकले जलविद्युत्, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पुँजीका लागि डिएफसीसहित हालसम्म नौ डेभलपमेण्ट फाइनान्सियल इन्स्टिच्युसनबाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?