नागरिकसँग टेलिफोन संवाद गर्दै एमाले अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधरणसँग टेलिफोनमा कुराकानी गर्दै हुनुहुन्छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै ओलीले नागरिसकसँग संवाद गर्न लाग्नुभएको हो ।

उहाँसँग टेलिफोनमा कुरा गर्न १ लाख ७१ हजार ७८३ जनाले नाम टिपाएका छन् ।

‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ ओलीले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ।

धेरै सहभागिता भएकाले बिहीबार १२ बजेपछि नाम टिप्न बन्द गरिएको उहाँको सचिवालयले जानकारी दिएको छ । मंगलबार अध्यक्ष ओलीले प्रत्यक्ष टेलिफोन कुराकानी गर्न आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न अनुरोध गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?