बारामा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२४ मा गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका-१९ का २० वर्षीय बसरूदिन देवान रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका देवानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा २३ प ४२६९ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे विपरित दिशाबाट जाँदै गरेको प्रदेश २-०३-००१ त ४११५ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो ।

ट्रयाक्टरसहित चालकलाई अस्थायी प्रहरी पोष्ट इनर्वा शिराले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?