विद्यालयका सामान चोरी गरेको आरोपमा दुई जना पक्राउ

Read Time = 1 min

-डम्बर बोहरा
बैतडी । बैतडीको एक विद्यालयमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १ मा रहेको मणिलेक मावि गुरुखोलाबाट गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा दशरथचन्द नगरपालिका वडा नं–४ का २० बर्षीय भुपेश भट्ट र सोही ठाउँका २१ बर्षीय खेमराम तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिनुभयो । दुबैजनामाथी अनुसन्धान शुरु भएको प्रहरी निरीक्षक उहाँले बताउनुभयो ।

पक्राउ परेका दुवै जनामाथि मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४३ अन्तर्गत चोरी मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

दुवै जनाले दशरथचन्द नगरपालिका लगायतका अन्य विभिन्न स्थानमा समेत ल्यापटप चोरी गरेको खुल्न आएको समेत प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?