गुल्मी । गुल्मीका कृषकले सहुलियत ऋण पाउने भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाका कृषकले सहुलियत ऋण पाउने भएका हुन् ।
नेपाल एसबीआई बैंकले राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान एकिकृत कार्यविधि(२०७५ अनुसार गुल्मीदरबार गाउँपालिकाका कृषकलाई ऋण प्रदान गरिने भएको हो ।
एक औपचारिक कार्यक्रमका बीच गुल्मीदरबार गाउँपालिका र नेपाल एसबीआई बैंकले कृषकलाई सहुलियतपूर्ण ऋण प्रदान गर्ने सम्झौता भएको छ । गुल्मीदरबार गाउँपालिका तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा नव प्रभात युवा संघ गुल्मीद्वारा संचालित कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको सहयोग र सहजिकरणमा गठन भएको समूह सहकारीका साथै गाउँपालिका भित्रका सबै कृषि उद्यमीलाई व्यवसायका आधारमा ऋण प्रदान गरिने भएको हो ।
ऋणीले तिरेको ब्याजदरमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत अनुदान समेत उपलब्ध गराइने छ । उद्यमशीलता विकास वितिय पहुंच सहुलियतपूर्ण कर्जा प्रवाहका लागि गाउँपालिका र बैंक बिच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले युवाहरुलाई गाउँमै बस्ने वातावरण तथा व्यावसाय संचालनका लागि पूँजीको लागि गाउँपालिकाले पनि कार्यक्रम आगाडी बढाउने बताउनुभयो । कृषकलाई प्रोत्साहन गर्न बैंकले ऋण प्राप्त गर्ने प्रक्रियालाई बोझिलो र झन्झटिलो नबनाई प्राथमिकताका साथ, कृषकलाई सेवा दिन आग्रह गर्नुभयो ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले नयाँ कामको थालनी गरिएको बताउँदै सहुलिएत पूर्ण कर्जाले उद्यम सिर्जना गरी अधिकांश कृषकलाई उत्पादन वृद्धिमा जोड्ने तथा कृषि तथा पशुजन्य उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल एसबीआई बैंक तम्घास शाखा प्रमुख आनन्द उपाध्यायले सम्झौताका प्रावधानमा प्रकाश पार्नु भएको थियो । नव प्रभात युवा संघका अध्यक्ष शंकर प्रसाद पन्थले कार्यक्रममा स्वागत गर्दै गाउँपालिकालाई कृषि उपजमा आत्मनिर्भरता तर्फ उन्मुख बनाउन सबैले उत्साह पूर्ण ढंगले काम गर्नु पर्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष तारा थापा, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु, हेफर प्रोजेक्ट नेपालका परियोजना अधिकृत नारायण भट्टराई, बित्त पहुँच अधिकृत नरेशसिंह थामी लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण गुल्मीदरबार गाउँपालिका कृषि तथा पशु उद्यमशीलता विकास परियोजना संयोजक हरिकृष्ण विकले गर्नु भएको थियो ।
गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा र नेपाल एसबीआई बैंक तम्घास शाखाका प्रमुख आनन्द उपाध्यायले कृषकलाई सहुलियतपूर्ण ऋण प्रदान गर्ने सम्झौता गर्नुहुँदै ।
तस्बिर : रमेश विश्वकर्मा
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका