दियालोको अटोमेसन स्मार्ट वाटर प्रविधि

Read Time = 2 mins

काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घर-घरमा स्मार्ट मिटर रिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणाली विकास गरेको हो ।

हालसम्म करिब सात सयवटा खानेपानी समितिलाई डिजिटलाइजेसन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित प्रणाली विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको सुरुवात टोखा नगरपालिकाको टोखा खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट सुरू गरिएको कम्पनीले जनाएको छ ।

सो अवसरमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उक्त प्रविधि अत्याधुनिक भएकाले सबै खानेपानी समितिमा प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग प्रमुख डा. रजित ओझाले वाटर युटिलिटी करियर पथ र दियालो टेक्नोलोजिजका बिजनेस हेड रोशन गौतमले स्मार्ट वाटर म्यानेजमेन्टका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । करिब १० वर्षअघि स्थापित दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयर निर्माण गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?