गुराँस लाइफको लाभांश पारित

Read Time = 1 min

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३१७१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको १२औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९१७१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

साथै साधारणसभाले गुराँस लाइफसहित युनियन लाइफ र प्राइम लाइफ एकआपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?