काठमाडौं । सरकारले लगाएको निरन्तर आयात प्रतिबन्धले नेपालको अर्थतन्त्र सकारात्मक प्रभाव पार्न थालेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय मुलुकको व्यापार घाटामा वृद्धिदर घटेको छ भने आयातमा पनि केही कमी आएको छ। यसको सकारात्मक प्रभाव मुलुकको विदेशी विनिमय सञ्चितिमा परेको छ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको प्रतिवेदन अनुसार यस अवधिमा कुल वस्तु व्यापार घाटा नौ दशमलव चार प्रतिशतले घटेर दुई खर्ब ४४ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७० दशमलव आठ प्रतिशतले बढेको थियो।
कुल वस्तु आयात पनि चालु आवको पछिल्लो दुई महिनामा १३ प्रतिशतले घटेर दुई खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५ दशमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाई छ। चालु आवको भदौ मसान्तसम्ममा कुल वस्तु निर्यात भने ३४ दशमलव नौ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपैयाँमा खुम्चिएको छ।
कुल वस्तु आयात पनि चालु आवको पछिल्लो दुई महिनामा १३ प्रतिशतले घटेर दुई खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५ दशमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाई छ। चालु आवको भदौ मसान्तसम्ममा कुल वस्तु निर्यात भने ३४ दशमलव नौ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपैयाँमा खुम्चिएको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो आवको सोही अवधिमा यस्तो निर्यात एक सय १५ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशस् ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले घटेपनि अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ। वस्तुगत आधारमा जिंक सिट, ऊनी गलैंचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुको निर्यात घटेको छ। राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशस् नौं दशमलव पाँच प्रतिशत, १३ दशमलव तीन प्रतिशत र २० दशमलव सात प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम।एस।विलेट लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकको भनाइ छ।
राष्ट्र बैंकका अनुसार निर्याततर्फ भने सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको देखिएको छ। आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानी बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ। चालु आवको पछिल्लो दुई महिनामा निर्यात–आयात अनुपात १० दशमलव पाँच प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४ प्रतिशत रहेको थियो। राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो दुई महिनामा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी २६ अर्ब २३ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६ अर्ब २७ करोड रुपैयाँ बराबरको रहेको जनाइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी सबै प्रकारका तयारी मदिरा, तीन सय अमेरिकी डलर भन्दा बढी मूल्यका स्मार्ट फोनसेट, जिप, कार र भ्यानहरू तथा एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातलाई आउँदो मंसिर २९ गतेसम्मका लागि आयात प्रतिबन्ध लगाएको हो। सरकारी खातामा विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी गाडी, मोबाइल, तयारी मदिरा, मोटरसाइकल, तास, टिभीलगायतका १० वस्तुमाथि आयात प्रतिबन्ध लगाएको थियो।
खुद सेवा आय १८ अर्ब ६२ करोडले घाटामा
खुद सेवा आय घाटामा देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो दुई महिनाको अवधिमा खुद सेवा आय १८ अर्ब ६२ करोड रुपैयाँले घाटामा देखिएको हो। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १७ अर्ब ५२ करोडले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ७२ दशमलव दुई प्रतिशतले वृद्धि भई पाँच अर्ब ९५ करोड पुगेको राष्ट्र बैंकको भनाई छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन अर्ब ४६ करोड रुपैयाँ बराबरको रहेको थियो।
पछिल्लो दुई महिनामा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६२ दशमलव सात प्रतिशतले वृद्धि भई १७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय १२ अर्ब ७६ करोड रहेको राष्ट्र बैंकको भनाइ छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो भ्रमण व्यय ११ अर्ब तीन करोड रहेकोमा शिक्षातर्फको व्यय छ अर्ब ३७ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाई छ।
चालु आवको पछिल्लो दुई महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ६२ दशमलव सात प्रतिशतले वृद्धि भई १७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय १२ अर्ब ७६ करोड रहेको राष्ट्र बैंकको भनाई छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो भ्रमण व्यय ११ अर्ब तीन करोड रहेकोमा शिक्षातर्फको व्यय छ अर्ब ३७ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाई छ।
चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा
मुलुकको चालु खाता घाटामा देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो दुई महिनाको अवधिमा चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा देखिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा भने चालु खाता एक खर्ब छ अर्ब आठ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ। चालु आवको पछिल्लो दुई महिनामा पुँजीगत ट्रान्सफर एक सय छ दशमलव नौ प्रतिशतले वृद्धि भई एक अर्ब ४६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब २५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब चार करोड रहेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो दुई महिनामा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको राष्ट्र बैंकको भनाई छ।
चालु आर्थिक वर्षको पछिल्लो दुई महिनाको अवधिमा चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा देखिएको हो। अघिल्लो वर्षको सोही अवधिमा भने चालु खाता एक खर्ब छ अर्ब आठ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ।
११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिती
विदेशी मुद्राको सञ्चिती सामान्य रूपमा घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव दुई प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ कायम भएको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा दुई प्रतिशतले कमी आई नौ अर्ब ३५ करोड कायम भएको राष्ट्र बैंकको भनाइ छ। कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ भदौ मसान्तमा शून्य दशमलव पाँच प्रतिशतले कमी आई १० खर्ब ५१ अर्ब ५३ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था अर्थात नेपाल राष्ट्र बैंक बाहेकका बैंकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ भदौ मसान्तमा १३ दशमलव सात प्रतिशतले कमी आई एक खर्ब ३७ अर्ब ६३ करोड कायम भएको छ।
राष्ट्र बैंकका अनुसार २०७९ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७९/८० को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति नौ महिनाको वस्तु आयात र सात महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाई छ। २०७९ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः २४ दशमलव पाँच प्रतिशत, ६४ दशमलव छ प्रतिशत र २१ दशमलव आठ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २५ दशमलव एक प्रतिशत, ५७ दशमलव आठ प्रतिशत र २२ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक वर्ष २०७९/८० को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति नौ महिनाको वस्तु आयात र सात महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाई छ।
१९.८ प्रतिशतले बढ्यो रेमिटेन्स
वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात रेमिटेन्स रकममा सुधार आएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार चालु आवको भदौ मसान्तसम्ममा रेमिटेन्स रकम १९ दशमलव आठ प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमलव आठ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा रेमिटेन्स रकम भने ११ दशमलव तीन प्रतिशतले वृद्धि भई एक अर्ब ४७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको संख्या एक सय ६९ दशमलव नौ प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७० दशमलव छ प्रतिशतले वृद्धि भई ३९ हजार एक सय ८९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या चार सय २९ दशमलव पाँच प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो दुई महिनामा खुद ट्रान्सफर १९ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई खर्ब अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ प्रतिशतले घटेको थियो।
- श्रोत : आइएनएस-स्वतन्त्र समाचार
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच